थाइल्यान्ड र क्याम्बोडियाबीच युद्धविराम

हिमाल प्रेस १२ पुष २०८२ १४:५६ | Saturday, December 27, 2025
36
SHARES
थाइल्यान्ड र क्याम्बोडियाबीच युद्धविराम

फ्नोम पेन्ह (रासस/एएफपी)- थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्। दुवै देशले केही हप्तादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस क्रममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

सहमतिअनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आक्रमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागू गरिनेछ। साथै साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने पनि दुवै देशले प्रतिबद्धता जनाएका छन्।

यो युद्धविराम तीन दिने सीमा वार्तापछि आएको हो, जसमा आसियान, संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले मध्यस्थता गरेका थिए। विवाद पुरानो उपनिवेशकालीन सिमाङ्कनको कारण सुरु भएको हो, जहाँ प्राचीन मन्दिरमा दुवै देशको दाबी छ।

थाइल्यान्डका प्रधानमन्त्रीले यसलाई अन्तिम सहमति बनाउन आग्रह गर्दै शान्ति कायम गर्ने र नागरिकलाई घर फर्काउन सहयोग गर्ने बताए।  थाइल्यान्डमा आगामी फेब्रुअरी ८ मा आम निर्वाचन हुने तय भएको छ।

प्रकाशित: १२ पुष २०८२ १४:५६ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast