स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोंगबुमा कृषि मेला

हिमाल प्रेस १२ पुष २०८२ १३:०१
14
SHARES
स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोंगबुमा कृषि मेला

काठमाडौँ- स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोंगबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपाल र गोंगबु आवास क्षेत्रको आयोजनामा आजदेखि गोंगबु टाउन प्लानिङमा मेला आयोजना भएको हो ।

मेलाको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका सुशासन समितिका सभापति एवं काठमाडौँ महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रवर्द्धन गर्न मेला आयोजना गरिएको बताए ।

रैथाने एग्री प्रडक्टका अभियन्ता कृष्ण स्याङ्ताङले मेलामा नेपालमा उत्पादित मह, सिस्नो, चामल, गेडागुडी, कपडा, सातु, सुन्तलालाई प्रदर्शनी तथा व्यापारका लागि राखिएको बताए। मेलामा ५५ जिल्लाका उत्पादन राखिएका छन् । उपभोक्ताले ती उत्पादन खरिद गर्नसक्ने छन्। रासस

प्रकाशित: १२ पुष २०८२ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast