नागरिकता संसोधन नियमावली स्विकृत गर्ने सरकारको निर्णय

हिमाल प्रेस ११ पुष २०८२ २०:०० | Friday, December 26, 2025
34
SHARES
नागरिकता संसोधन नियमावली स्विकृत गर्ने सरकारको निर्णय

काठमाडौँ-  सरकारले नेपाल नागरिकता चौथो संसोधन नियमावली २०८२ स्विकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दे संचार तथा सुचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले गृहमन्त्रालय अन्तर्गतका निकायहरुको संगठन संरचना र दरबन्दी स्विकृत गर्ने निर्णय भएको जानकारी गराए।

सरकारले विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले डोटीको बीपीनगर, ताप्लेजुङको श्रीचङ्घा, डोल्पाको धो, मुगुको खत्याग, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र संखुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।

त्यस्तै सरकारले वैदेशिक रोजगारीको सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिजा प्राप्त गरेका नेपाली नागरिकहरुले नेपाल आएको बखत रेसिडेन्सि कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेश गरेको खण्डमा श्रमस्विकृति दिन स्विकृति प्रदान गर्ने निर्णय गरेको छ।

नेपाल सरकार र मित्रराष्ट्र जापान सरकारबीच जापान इन्टरनेसनल ट्रेडिङ को-अपररेसन अर्गनाइजेसन अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०६६ खारेज गर्ने निर्णयसमेत भएको प्रवक्ता खरेलले जानकारी दिए।

त्यस्तै सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमल प्रसाद भट्टराईलाई कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ।

प्रकाशित: ११ पुष २०८२ २०:०० | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast