नेपालमा अमेरिकी हस्तक्षेप बढ्यो : चित्रबहादुर केसी

हिमाल प्रेस ११ पुष २०८२ १९:४० | Friday, December 26, 2025
42
SHARES
नेपालमा अमेरिकी हस्तक्षेप बढ्यो : चित्रबहादुर केसी

बुटवल- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अमेरिकी हस्तक्षेप बढेको बताएका छन्। शुक्रबारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक संघ राष्ट्रिय समितिको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले जेनजी आन्दोलनपछि देखिएका दृश्यहरू निकै डरलाग्दो रहेको बताएका हुन्।

उनले कांग्रेस, एमाले र माओवादीजस्ता सत्ताधारी दलहरू विदेशी शक्तिका दलाल बनेर एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पारित गराई अमेरिकी चलखेललाई औपचारिक रूपमा नेपाल भित्र्याएको दाबी गरे। अध्यक्ष केसीले अमेरिकी योजनाअनुसार नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्ने, आन्दोलनहरूलाई दिशाहीन बनाउने काम भइरहेको बताए।

जेनजी आन्दोलनको सन्दर्भमा अध्यक्ष केसीले युवाहरूका मागहरू स्वाभाविक, जायज र जनपक्षीय भए पनि ती आन्दोलनहरूलाई विदेशी शक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गरेको स्पष्ट पारे। आन्दोलनहरूलाई विदेशी शक्तिहरूले अपहरण गरेर आफ्नो एजेन्डा पूरा गर्न खोजिरहेको उनले बताए।

राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले कांग्रेस, एमाले र माओवादीको सत्ताकेन्द्रित, अवसरवादी र जनविरोधी कार्यशैलीका कारण जनतामा विद्रोहको चेतना तीव्र रूपमा फैलिँदै गएको बताए। कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारी, प्रगतिशील राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष अच्युत राज नेपाल, अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि गंगालाल प्रधान, नेपाल राष्ट्रिय शिक्षक परिषदका भीम पाण्डे, नेपाल शिक्षक संघका प्रतिनिधि, नेपाल शिक्षक महासंघका महासचिव विक्रम झा उपाध्याय, कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, किसान महासंघका चन्द्र बहादुर केसी लगायतले बोलेका थिए।

प्रकाशित: ११ पुष २०८२ १९:४० | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast