सर्वोच्च अदालत। फाइल तस्बिर
काठमाडौँ- भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। आज (शुक्रबार) न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले सो रिट खारेज गरेको हो। यसअघि अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो।
अधिवक्ता विपिन ढकालले आयोगविरुद्ध रिट निवेदन दिएका थिए। यससँगै आयोगको वैधानिकतामाथिको प्रश्न टुंगिएको छ।
प्रकाशित: ११ पुष २०८२ १५:२५ | Friday, December 26, 2025
प्रतिक्रिया



