जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

हिमाल प्रेस ११ पुष २०८२ १५:२५
12
SHARES
जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। आज (शुक्रबार) न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलसहितको पूर्ण इजलासले सो रिट खारेज गरेको हो। यसअघि अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो।

अधिवक्ता विपिन ढकालले आयोगविरुद्ध रिट निवेदन दिएका थिए। यससँगै आयोगको वैधानिकतामाथिको प्रश्न टुंगिएको छ।

प्रकाशित: ११ पुष २०८२ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast