सर्वपक्षीय सरकार बनाउन सडक संघर्षमा उत्रँदै माओवादी

हिमाल प्रेस १० पुष २०८२ १४:१६ | Thursday, December 25, 2025
8
SHARES
सर्वपक्षीय सरकार बनाउन सडक संघर्षमा उत्रँदै माओवादी

काठमाडौँ- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि दबाब दिन सडक संघर्ष गर्ने बताएका छन्।

काठमाडौँमा बिहीबार बसेको नेकपा माओवादीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै विप्लवले वर्तमान सरकारले जेनजीको भावनालाई आत्मसात गर्न नसकेकाले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि जेनजी युवाहरुलाई समेत साथमा लिएर सडक संघर्ष गर्ने बताएका हुन्।

उनले वर्तमान सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्नका लागि राष्ट्रपतिसमक्ष १० दिने अल्टिमेटमसहितको माग पत्र समेत बुझाइएको जानकारी दिए।

आफूहरूको मागमा आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई संशोधन गर्नुपर्ने, समाजवादी संघीय ढाँचामा राज्यको पुनर्संरचना गर्नुपर्ने, जेनजी आन्दोलनमा भएका सवै घटनाको छानबिन गर्नुपर्ने लगायत रहेको उनले बताए।

विप्लवले जेनजी आन्दोलनपछि बनेको सरकारप्रति कोही पनि सन्तुष्ट नरहेको र देशलाई निकास दिने अवस्था समेत नदेखिएको जिकिर गरे।

प्रकाशित: १० पुष २०८२ १४:१६ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast