सताक्षी मिश्र : स्वदेशमै सम्भावना देखेर उद्यमशीलता रोजेकी प्रेरणादायी युवा

हिमाल प्रेस १० पुष २०८२ १४:०८ | Thursday, December 25, 2025
266
SHARES
सताक्षी मिश्र : स्वदेशमै सम्भावना देखेर उद्यमशीलता रोजेकी प्रेरणादायी युवा

काठमाडौँ- नेपाली युवाहरूको भविष्यको सपना विदेशसँग जोडिने गरेको यथार्थ सबैका सामु छ। उच्च शिक्षा, रोजगारी, आकर्षक तलब र जीवनशैलीको मोहले गर्दा कक्षा १२ पास गरेलगत्तै वा स्नातक तहपछि विदेशिने संस्कृतिले नेपालका धेरै गाउँ रित्तिँदै गइरहेका छन्।

नेपालको अर्थतन्त्र पनि ठूलो मात्रामा वैदेशिक रोजगारीबाट आउने रेमिटेन्समा निर्भर छ। यही परिवेशका बीच ‘नेपालमै केही गर्न सकिन्छ’ भन्ने दृढ विश्वासका साथ नेपालमै आफ्नो भविष्य देख्ने थोरै युवामध्ये एक हुन् सताक्षी मिश्र।

उनी स्नातक तहमा अध्ययनरत रहँदा साथीहरूसँग गहिरो छलफल र योजना निर्माणमा लागिन्। तीनवटा स्पष्ट योजना बनाइयो- योजना नम्बर १, २ र ३। एउटा असफल भए अर्को, त्यो पनि असफल भए तेस्रो योजना कार्यान्वयन गर्ने अठोट थियो।

स्नातक अध्ययन सम्पन्न भएपछि योजनाहरूलाई व्यवहारमा उतार्ने क्रम सुरु भयो। पहिलो र दोस्रो योजना अपेक्षाअनुसार सफल हुन सकेनन्। तर तेस्रो योजना-स्किल सेवाले भने नयाँ सम्भावनाको ढोका खोल्यो।

स्किल सेवालाई व्यवहारमा उतार्न सहज थिएन। ठूलो मिहिनेत, निरन्तर प्रयास र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै सन् २०१९ मा दुईवटा कोठाबाट यसको सुरुवात गरियो।

सुरुका दिनहरू संघर्षपूर्ण भए पनि सताक्षी र उनका सहकर्मीहरूको दृढ संकल्पले आज स्किल सेवालाई नेपालका विभिन्न शहरहरूमा फैलिएको एक भरोसायोग्य सेवा संस्थाका रूपमा स्थापित गरेको छ।

स्किल सेवाले मुख्य रूपमा आरसीसी। घर निर्माणसँग सम्बन्धित समस्याहरू : जस्तै- संरचनागत कमजोरी, पानी चुहावट, मर्मत तथा समाधानका उपायहरूमा केन्द्रित रही सेवा प्रदान गर्दै आएको छ। घर निर्माण र त्यससँग जोडिएका व्यावहारिक समस्याहरूको समाधान प्रस्तुत गर्दै उनीहरू नेपाली बजारमा सक्रिय छन्।

सामाजिक उत्तरदायित्वलाई पनि आत्मसात गर्दै सताक्षी र उनका सहकर्मीहरूले एउटा फाउन्डेसन स्थापना गरी त्यसमार्फत विभिन्न सामाजिक तथा प्राविधिक सेवाका कार्यहरू सञ्चालन गर्दै आएका छन्। उद्यमशील यात्राको अर्को महत्त्वपूर्ण उपलब्धि भनेको घर निर्माण फेस्ट हो।

पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा घर निर्माण फेस्ट हुन लागेको छ। यस क्षेत्रका विज्ञ, व्यवसायी र सेवाग्राहीहरूलाई एकै थलोमा ल्याउने उनको विश्वास छ। यस महत्त्वपूर्ण कार्यक्रमको निर्देशकको भूमिका पनि सताक्षी मिश्रले नै निर्वाह गरेकी छिन्।

यसरी सताक्षी मिश्र नेपालमै बसेर सीप, श्रम र लगानीलाई सदुपयोग गर्दै स्वदेशमै सम्भावना खोज्ने युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्। विदेश नै सफलता हो भन्ने सोचलाई चुनौती दिँदै, नेपालमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण उनी आफैँ बनेकी छन्।

प्रकाशित: १० पुष २०८२ १४:०८ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast