शीतलहर र हुस्सु बढेपछि बुटवलका विद्यालयमा जाडो बिदा

हिमाल प्रेस १० पुष २०८२ ११:०६ | Thursday, December 25, 2025
16
SHARES
शीतलहर र हुस्सु बढेपछि बुटवलका विद्यालयमा जाडो बिदा

बुटवल- बुटवल उपमहानगरपालिकाले अत्यधिक चिसो, वाक्लो हुस्सु र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने असरलाई ध्यानमा राख्दै तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू पुस ११, १३ र १४ गते बन्द रहनेछन्। उपमहानगरपालिकाका अनुसार जाडो बिदा वार्षिक बिदाबाट कट्टी हुने गरी लागु गरिएको हो।

केही दिनयता बढेको चिसोका कारण बालबालिकाको स्वास्थ्य जोखिममा पर्नसक्ने देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

उपमहानगरपालिकाले सम्बन्धित सबै विद्यालय, अभिभावक तथा सरोकारवालालाई सूचनाअनुसार आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।

प्रकाशित: १० पुष २०८२ ११:०६ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast