भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

हिमाल प्रेस १० पुष २०८२ १०:३४ | Thursday, December 25, 2025
8
SHARES
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका-१ सेसम्बुस्थित सडकमा गएको पहिरो। फाइल तस्बिर

ताप्लेजुङ- पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ।

सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज विहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

प्रहरीचौकी मेवाखा, ताप्लेजुङबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको उनले बताए।

प्रकाशित: १० पुष २०८२ १०:३४ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast