जेनजी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : प्रभु साह

हिमाल प्रेस ९ पुष २०८२ १८:३१
14
SHARES
जेनजी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : प्रभु साह

काठमाडौँ- आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक जेनजी जनविद्रोहलाई यथास्थितिमा तुहाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। आज (बुधबार) पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले राज्यको बेइमानी र प्रतिक्रियावादी शक्तिको घेराबन्दीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिँदै गएको बताएका हुन्।

भ्रष्टाचार, बेथिति र दलिय अत्याचार मौलाउँदै जाँदा जनआन्दोलन कमजोर पार्ने प्रयास भइरहेको उनले उल्लेख गरे। बैठकमा समसामयिक राजनीति, सङ्गठन सुदृढीकरण, आगामी कार्ययोजनाबारे छलफल भइरहेको पार्टीका प्रवक्ता चन्द्रभूषण साहले जानकारी दिए।

प्रकाशित: ९ पुष २०८२ १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast