निर्वाचन आयोगले गर्‍यो ६ वटा राजनीतिक दल खारेज

हिमाल प्रेस ९ पुष २०८२ १७:३५ | Wednesday, December 24, 2025
58
SHARES
निर्वाचन आयोगले गर्‍यो ६ वटा राजनीतिक दल खारेज

काठमाडौँ-  निर्वाचन आयोगले तोकिएको जरिबाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिबाना नबुझाएका दललाई सोही ऐनको दफा १२ बमोजिम खारेज गरेको हो।

आयोगका अनुसार आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी खारेज भएका छन् ।

हाल आयोगमा दर्ता भएका दलको सङ्ख्या १३७ छ।

प्रकाशित: ९ पुष २०८२ १७:३५ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast