‘कुमारी’ फिल्मकाे प्रचारमा देशभर कन्सर्ट गर्दै ‘केहर एन्ड द लुङा’ ब्यान्ड

हिमाल प्रेस ९ पुष २०८२ १६:१४
24
SHARES
‘कुमारी’ फिल्मकाे प्रचारमा देशभर कन्सर्ट गर्दै ‘केहर एन्ड द लुङा’ ब्यान्ड

काठमाडौँ- फिल्म ‘कुमारी’को प्रचारलाई लक्षित गर्दै ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ हुने भएको छ। दर्शकसँग प्रत्यक्ष जोडिन र फिल्मको प्रचार गर्न भन्दै कन्सर्ट आयोना गरेको निर्माण टिमले जनाएको छ।

कन्सर्ट माघ १ देखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौँ, नेपालगञ्ज, चितवन र धरानमा हुनेछ। कन्सर्टमा फिल्मका प्लेब्याक गायक केहरसिंह लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले आफ्नो लाइभ प्रस्तुति दिनेछ।

फिल्ममा समावेश ‘कता छौँ’ र ‘तिमी बिना’ बोलको गीत पनि चर्चित बनेको छ। प्रेम कथामा आधारित फिल्मका निर्देशक दिनेश राउत हुन्।

आगामी माघ २३ गते प्रदर्शन हुने फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारले अभिनय गरेका छन्। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast