चुनाव लड्न नचाहने पशुपतिशमशेर उम्मेदवार सिफारिस!

हिमाल प्रेस ९ पुष २०८२ १२:१६ | Wednesday, December 24, 2025
20
SHARES
चुनाव लड्न नचाहने पशुपतिशमशेर उम्मेदवार सिफारिस! राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर जबरा

काठमाडौँ- राप्रपा नेता पशुपतिशमशेर राणाले आफू निर्वाचनमा लड्ने भने पार्टीको जिल्ला कार्यसमितिले उम्मेदवारमा सिफारिस गरेका छन्। राणा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ र काठमाडौँ क्षेत्र नम्बर १ बाट सिफारिस भएका हुन्।

राणाले आफू काठमाडौँ १ बाट उम्मेदवार नबन्ने बताएका छन्। उनले भनेका छन्, ‘त्यस क्षेत्रमा राम्ररी परिचित छैन। म त्यहाँ उम्मेदवार भएर उठ्ने नियत छैन। ककसले के के गरे थाहा छैन।’

राणाले आफू निकटहरूसँग अब राजनीतिबाट विश्राम लिने बताएका छन्। ‘उहाँले अब चुनावमा नलड्ने र युवालाई उठाउने भनिसक्नुभएको छ। उहाँ प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार बन्नु हुने छैन’, राणाका स्वकीय सचिव प्रकाश कटुवालले भने।

चुनाव नलड्ने भनिसकेका राणालाई किन सिफारिस गरिएको भन्ने जिज्ञासामा सिन्धुपाल्चोक २ की राप्रपा अध्यक्ष कुमारी तामाङले उहाँले उठ्ने इच्छा जाहेर गरेको दाबी गरिन्। उनले भनिन्, ‘उहाँ नलडे ठिकै छ म उम्मेदवार बनिहाल्छु नि।’

२०३१ सालदेखि २०५६ अघिसम्म राणाले सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गरेका थिए। उनी २०७९ सालको चुनावमा समानुपातिकबाट सांसद बनेका थिए। राप्रपाले एक कार्यकाल समानुपातिक भइसकेका नेतालाई फेरि समानुपातिक उम्मेदवारको सूचीमा नराख्ने निर्णय गरिसकेको छ।

प्रकाशित: ९ पुष २०८२ १२:१६ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast