जेनजी आन्दोलनमा फरार कैदी पक्राउ

हिमाल प्रेस ९ पुष २०८२ ६:३९ | Wednesday, December 24, 2025
2
SHARE
जेनजी आन्दोलनमा फरार कैदी पक्राउ
काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार कैदीबन्दीलाई पक्राउ गरेको छ। प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का टसी तामाङलाई पक्राउ गरेको जनाएको छ ।
गत भदौ २३ र २४ को आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका तामाङलाई मङ्गलबार पक्राउ गरिएको ब्युरोले जनाएको छ।
संरक्षित वन्यजन्तु सालकको खपटा आखेटोपहार ओसारपसार गरेको मुद्दामा गौरीशङ्कर संरक्षण क्षेत्रको कार्यालय दोलखाको २०७० मङ्सिर १७ को फैसलाबमोजिम तामाङले पाँच वर्ष कैद र ६२ हजार १७५ जरिवाना ठहर भई जगन्नाथदेवल, सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए।
कारागारबाट भागी फरार भई लुकिछिपी बसेको अवस्थामा ब्युरोको टोलीले काठमाडौँस्थित गोकर्णेश्वरबाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेस गरेको छ ।
प्रकाशित: ९ पुष २०८२ ६:३९ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast