‘मिरमिरे’ को शीर्ष गीतमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेमकथा

हिमाल प्रेस ८ पुष २०८२ १३:३३ | Tuesday, December 23, 2025
20
SHARES
‘मिरमिरे’ को शीर्ष गीतमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेमकथा

काठमाडौँ- यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ को शीर्ष गीत ‘मिरमिरे भो’ सार्वजनिक भएको छ। गीतमा प्रकाश सपुत र मेलिना राईको स्वर छ। गीतको शब्द तथा संगीत पनि प्रकाशले नै तयार पारेका हुन्।

गीतले युवायुवतीबीचको प्रेम व्यक्त गरेको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखु छन्। भिडियोमा उनीहरूकै त्रिकोणात्मक प्रेम कथा देखाइएको छ।

फिल्म माघ १ देखि प्रदर्शन हुनेछ। फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पाले लगानी गरेका छन्।

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेललगायत कलाकारले अभिनय गरेका छन्।

यस्ताे छ गीत

प्रकाशित: ८ पुष २०८२ १३:३३ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast