चिसो अत्यधिक बढेपछि गौरका विद्यालयमा बिदा

हिमाल प्रेस ८ पुष २०८२ ६:२८ | Tuesday, December 23, 2025
14
SHARES
चिसो अत्यधिक बढेपछि गौरका विद्यालयमा बिदा

काठमाडौँ- चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको छ। सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आज (मंगलबार)देखि पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो।

४ दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्रभरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिए।

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको हो। केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटसहित तराई मधेसको जनजीवन कष्टकर बनेको छ।

प्रकाशित: ८ पुष २०८२ ६:२८ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast