श्रमिकहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गर्ने निर्णयको स्वागत

हिमाल प्रेस ७ पुष २०८२ १९:०८ | Monday, December 22, 2025
18
SHARES
श्रमिकहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गर्ने निर्णयको स्वागत

काठमाडौँ- वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि खारेज गर्ने निर्णयको स्वागत गरिएको छ।

वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष एवं श्रेष्ठ मेडिकल तथा ओरेन्टेसन समस्या समाधान समिति संयोजक सुजितकुमार श्रेष्ठ र स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल (होडान) का महासचिव रघुनाथ पनेरुले सुंयुक्त विज्ञप्ति जारी गर्दै सो निर्णयको स्वागत गरेका हुन्।

यसअघि स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सय रूपैयाँ पुर्‍याइएकोमा चौतर्फी विरोध भएपछि श्रम मन्त्रालयले २०८२/०७/३० को पुरानो निर्णयलाई खारेज गर्दै साविककै दर कायम गर्न निर्देशन दिएको थियो। अब श्रमिकले ६ हजार ५ सय मै स्वास्थ्य परीक्षण गर्न पाउनेछन्।

‘केही स्वास्थ्य व्यवसायीहरुले बढेको शुल्क लिन पाउनुपर्ने भनि शुल्क वृद्धि खारेजीको विरोध गर्दै स्वास्थ्य संस्थाहरु बन्द गरी सेवाग्राही कामदारहरुलाई दु:ख दिने, कृत्रिम अभाव सिर्जना गरी वैदेशिक रोजगारीको वातावरण बिगार्ने प्रयास गरिरहेको सुन्नमा आएकाले सरकारको यस सम्बन्धमा विशेष ध्यानाकर्षण गराउँदै सरकारी निर्णयको उल्लंघन गरी बढी रकम असुल्न खोज्ने स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परीक्षण नगर्न नगराउन,’ विज्ञप्तिमार्फत् जानकारी गराइएको छ।

साथै दुवै संस्थाले सहकार्य गर्ने गरी जेनजी आन्दोलनका सहिद परिवारका हकमा एकाघरका सदस्यलाई नि:शुल्क स्वास्थ्य परीक्षण र घाइतेको हकमा ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको पनि विज्ञप्तिमा उल्लेख छ।

यो सहुलियतका लागि सरकारको पत्र र वैदेशिक रोजगार व्यवसायी संघको सिफारिस आवश्यक पर्ने बताइएको छ।

प्रकाशित: ७ पुष २०८२ १९:०८ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast