देवचुलीमा खस्यो ५ सय ८६ मत, मतपेटिका गणनास्थलतर्फ ल्याइयो

हिमाल प्रेस ५ मंसिर २०७९ २०:३४ | Monday, November 21, 2022
देवचुलीमा खस्यो ५ सय ८६ मत, मतपेटिका गणनास्थलतर्फ ल्याइयो फाइल तस्बिर। हिमाल प्रेस

नवलपरासी– आइतबार मतपेटिका जलाइएपछि स्थगित भएको नवलपुर १अन्तर्गत पर्ने देवचुली-४ मा सोमबार मतदान भएको छ। स्थानीय शान्ति सृजना आधारभूत विद्यालयमा सोमबार पुनः भएको मतदानमा पाँच सय ८६ मत खसेको मुख्य निर्वाचन अधिकृत उमेश लुइँटेलले जानकारी दिए।

लुइँटेलका अनुसार देवचुलीको मतपेटिका मतगणनास्थल कुमारवर्ती बहुमुखी क्याम्पसमा ल्याइसकिएको छ। नवलपुर १ मा कूल एक लाख ३१ हजार एक सय ८१ मतदाता रहेकामा ८७ हजार तीन सय ८२ मत खसेको लुइँटेलले बताए। यस क्षेत्रमा ४८ हजार चार सय पाँच महिला, ३८ हजार नौ सय ७६ महिला तथा एकजना अन्यले मतदान गरेको उनले जानकारी दिए।

मतगणना गर्ने तयारीस्वरूप  १ को सर्वदलीय बैठक दिउँसै बसेको भन्दै उनले अबको केहीबेरमा मतगणना सुरु गरिने बताए। नवलपुर १ को मतगणना विभिन्न चार स्थानबाट गर्ने तयारी भइरहेको उनले बताए। मुख्य निर्वाचन अधिकृत लुइँटेलका अनुसार मतगणना सुरु भएको पाँच दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गरिनेछ।

प्रकाशित: ५ मंसिर २०७९ २०:३४ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast