आज वर्षकै सबैभन्दा छोटो दिन

हिमाल प्रेस ६ पुष २०८२ ८:०१ | Sunday, December 21, 2025
24
SHARES
आज वर्षकै सबैभन्दा छोटो दिन

काठमाडौँ- आज डिसेम्बर २१ अर्थात वर्षको सबैभन्दा छोटो दिन। खगोल विज्ञानको भाषामा यसलाई शीतकालीन अयनान्त भनिन्छ।

यो दिन सूर्य कर्क रेखाबाट मकर रेखा अर्थात् उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ। यो दिन पृथ्वीको उत्तरी गोलार्धमा दिनको लम्बाइ सबैभन्दा छोटो हुन्छ र रात्रिको समय वर्षकै लामो हुन्छ। यो दिन ८ घण्टासम्मको र रात्रि १४ घण्टासम्मको हुन्छ। यसको निर्धारण उत्तरी गोलार्धमा स्थित देशको ‘टाइम ज़ोन’ र भगौलिक अवस्थितिअनुसार हुन्छ।

शीतकालीन अयनान्त जस्तै २१ जूनमा ग्रीष्म अयनान्त हुन्छ। यो दिन दक्षिणी गोलार्द्धमा दिन सबै भन्दा सानो र उत्तरी गोलार्द्धमा दिन सबैभन्दा लामो हुन्छ।

खगोल विज्ञानका अनुसार २१ मार्च र २३ सेप्टेम्बरका दिन दिन र रात बराबरी हुन्छन्।

प्रकाशित: ६ पुष २०८२ ८:०१ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast