अपदस्थ भएका व्यक्तिलाई गालीगलौज गर्ने पक्षमा म छैन : रवि लामिछाने

हिमाल प्रेस ५ पुष २०८२ १६:४७ | Saturday, December 20, 2025
20
SHARES
अपदस्थ भएका व्यक्तिलाई गालीगलौज गर्ने पक्षमा म छैन : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो लडाइँ जारी नै रहेको बताए।

चितवनबाट काठमाडौँ आएपछि त्रिभुवन बिमानस्थलको आन्तरिक टर्मिनलबाहिर समर्थकलाई सम्बोधन गर्दैै लामिछानेले आफ्नो व्यक्तिगत नभइ देश र पुस्तामाथिको न्यायको लडाइँ जारी रहेकाले विजयी हुन बाँकी नै रहेको बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले अपदस्थ भएका व्यक्तिलाई गालीगलौज गरेर समय बर्बाद गर्ने पक्षमा आफू नरहेको बताए। लामिछानले उनीहरुलाई इतिहासको एउटा कुनामा संरक्षित र सम्मानित कसरी राख्ने भन्नेमा सोचिरहेको बताए।

सम्मानित स्थानमा बस्ने वा नबस्ने भन्ने कुरा उनीहरुको अभिव्यक्ति र क्रियाकलापमा भर पर्ने उनको भनाइ छ। सभापति लामिछानेले नयाँ भन्नेहरु अब सवै मिल्ने र एकै ठाँउमा आउने दाबी गरे। एउटा चुनावका लागि नभइ पुस्ताका लागि आफू राजनीतिमा आएको भन्दै उनले खरानी भएको युवाहरुको सपनालाई पुरा गर्न सबै मिल्नुपर्ने बताए।

लामिछानेले हरेक आन्दोलनमा सुरक्षाकर्मीलाई घाइते बनाएर परिवर्तन आएको भन्दै उनीहरुको पक्षमा समेत काम गर्नुपर्ने बताए। आफूमाथि धेरै मुद्दा रहेकाले सास रहुन्जेल आफू लड्ने उनको भनाइ छ।

प्रकाशित: ५ पुष २०८२ १६:४७ | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast