काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत सचिव पदमा पराजित गोकुल बाँस्कोटाले चुनावी नतिजापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन् । ईश्वर पोखरेल पक्षबाट सचिव पदका उम्मेदवार बनेका बाँस्कोटाले पराजित भएसँगै शुक्रबार फेसबुकमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
बाँस्कोटाले आफ्नो स्ट्याटसमा लेखेका छन्, ‘भनेकै थिए– जिते चलाउने, हारे सघाउने। खाल हारियो, च्याँखे जितियो। अब लाए अराएको गर्ने, नलाए सुन्ने, हेर्ने र ताली बजाउने। तर कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने केही छ अब थप?’
महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवार बनेका पोखरेल स्वयं सहित बाँस्कोटा पनि पराजित भएका थिए ।
प्रकाशित: ५ पुष २०८२ ६:३२
प्रतिक्रिया




