झुटो सेयर कारोबार गरेको आरोपमा दीपेन्द्र अग्रवाल पक्राउ

हिमाल प्रेस ४ पुष २०८२ २१:२८
14
SHARES
झुटो सेयर कारोबार गरेको आरोपमा दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ- झुटो सेयर कारोबार गरेको आरोपमा आज (शुक्रबार) प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई काठमाडौँबाट पक्राउ गरेको छ।

मोरङको विराटनगर महानगरपालिका घर भएका अर्यालले ४९ लाख बढीको सेयरमा झुटो कारोबार गरेको पाइएपछि आजै पक्राउ अनुमति लिई पक्राउ गरिएको सीआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी दीपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरेको पाइएको छ।

उनले उच्च मूल्यमा सेयर बिक्री गरी करिब ४९ लाख १९ हजार ८६५ कानुन विपरीत नाफा आर्जन गरेको पाइएको सीआईबीले जनाएको छ। अग्रवालले अन्य टीएमएस युजर प्रयोग गरी आपसी खरिद–बिक्री तथा आफन्त/सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको सीआईबीले जनाएको छ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुटो कारोबार र मूल्य प्रभावित गर्ने कसुर गरेको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अग्रवाललाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए।

अग्रवाललाई आजै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त गरी खोजतलासका क्रममा काठमाडौँ महानगरपालिका ४ चुनदेवीबाट आजै पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको सीआईबीले जनाएको छ। रासस

प्रकाशित: ४ पुष २०८२ २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast