मधेश प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

हिमाल प्रेस ४ पुष २०८२ २१:०७
20
SHARES
मधेश प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम- मधेश प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के अनुगमन गर्दा दुई जना उपसचिवसहित ७२ जना कर्मचारी अनुपस्थित रहेको भेटिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयद्वारा जिल्लाको १८ वटा विभिन्न मन्त्रालय तथा कार्यालयको अनुगमन गरेको थियो। पूर्वस्वीकृति विना बिदा नलिएको तथा समयमा कार्यालयमा नआएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्रीका कार्यालयले जनाएको छ।

छड्केमा परेकालाई  प्रचलित ऐन र कानुन बमोजिम कारबाही हुने तथा उनीहरूलाई पत्राचार भइसकेको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ। रासस

प्रकाशित: ४ पुष २०८२ २१:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast