उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार आचार्यलाई

हिमाल प्रेस ३ पुष २०८२ १९:२९ | Thursday, December 18, 2025
50
SHARES
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार आचार्यलाई

बुटवल- उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ रुपन्देही र रूपन्देही उद्योग संघद्वारा स्थापित पुरस्कार यस वर्ष आचार्यलाई प्रदान गरिएको हो।

रूपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उद्घाटन समारोहमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. रामेश्वर खनाल र संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले ४८ हजार १५५ रूपैयाँ राशी सहित सम्मानपत्र र दोसल्लाले पुरस्कृत गरेका हुन्।

आचार्य मेचीकाली दैनिक बुटवलको संवाददाता र लोकान्तर डटकमको लुम्बिनी प्रदेश संवाददाताको रुपमा कार्यरत छन्। २०६८ सालदेखि रुपन्देहीसहित लुम्बिनी प्रदेशलाई आफ्नो कर्मक्षेत्र बनाएर पत्रकारितामा सक्रिय आचार्यले यसअघि प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार पनि प्राप्त गरिसकेका छन्।

नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा रुपन्देही उद्योग संघले २०५७ सालमा स्थापना गरेको यो पुरस्कारबाट यसअघि २५ जना पत्रकार पुरस्कृत भइसकेका छन्।

प्रकाशित: ३ पुष २०८२ १९:२९ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast