उद्यमशीलता सुदृढीकरणका लागि कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सहकार्य

हिमाल प्रेस ३ पुष २०८२ १९:१० | Thursday, December 18, 2025
2
SHARE
उद्यमशीलता सुदृढीकरणका लागि कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सहकार्य

काठमाडौँ- दिगो विकास र वित्तीय पहुँच विस्तारलाई प्राथमिकता दिँदै आएको कुमारी बैंक लिमिटेड र वीनरक इन्टरनेशनलबीच उद्यमशीलता विकासका लागि रणनीतिक साझेदारी भएको छ।

सम्झौताअन्तर्गत दुवै संस्थाले संयुक्तरूपमा लक्षित समुदायको व्यावसायिक क्षमता अभिवृद्धि र वित्तीय सशक्तिकरणका लागि काम गर्नेछन्।

लक्षित समुदायका उद्यमीहरूलाई पहिचान गरी उनीहरुको व्यवसाय सञ्चालनमा सहयोग गर्ने र उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमतालाई थप सुदृढ बनाउने सहकार्यको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ।

दिगो बैंकिङ, वित्तीय समावेशीकरण र स्थानीय उद्यम सुदृढीकरणका लागि बैंक सधैँ प्रतिबद्ध रहेको कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले बताए।

यो सहकार्यले लक्षित समूहको वित्तीय समृद्धि अभिवृद्धि गर्न मद्त पुग्ने उनले विश्वास व्यक्त गरे।

प्रकाशित: ३ पुष २०८२ १९:१० | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast