राष्ट्रियसभा अध्यक्ष दाहालले गरे उपाध्यक्षसहित समिति सभापतिहरूसँग छलफल र निर्माणाधीन राष्ट्रियसभा हल अवलोकन

हिमाल प्रेस ३ पुष २०८२ १६:३२ | Thursday, December 18, 2025
12
SHARES
राष्ट्रियसभा अध्यक्ष दाहालले गरे उपाध्यक्षसहित समिति सभापतिहरूसँग छलफल र निर्माणाधीन राष्ट्रियसभा हल अवलोकन

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका उपाध्यक्ष तथा विभिन्न समितिका सभापतिहरूसँग छलफल गर्नुका साथै निर्माणाधीन राष्ट्रियसभा हलको अवलोकन गरेका छन्।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको भेटघाटमा अध्यक्ष दाहालले राष्ट्रियसभाको वार्षिक समीक्षा, चालु आर्थिक वर्षका गतिविधि तथा निर्माणाधीन राष्ट्रियसभा हलको प्रगतिबारे सभापतिहरूलाई जानकारी गराएका थिए।

छलफलका क्रममा सभाको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने उपाय, समितिहरूको भूमिकालाई सुदृढ गर्ने विषय र भौतिक पूर्वाधार निर्माणको समयसीमाका बारेमा पनि विचार-विमर्श भएको दाहालको सचिवालयले जनाएको छ।

अध्यक्ष दाहालले निर्माणाधीन राष्ट्रियसभा हलको स्थलगत अवलोकन गर्दै निर्धारित समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आवश्यक समन्वय र ध्यान दिन आग्रह गरेका थिए। उनले राष्ट्रियसभाको गरिमा र कार्यक्षमता अभिवृद्धि गर्ने गरी पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने पनि बताए।

प्रकाशित: ३ पुष २०८२ १६:३२ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast