एमाले उपमहासचिव पदको प्रारम्भिक मतपरिणाम : लेखराज र योगेशले अग्रता लिँदा चौथोमा परे विष्णु

हिमाल प्रेस ३ पुष २०८२ १२:०४ | Thursday, December 18, 2025
48
SHARES
एमाले उपमहासचिव पदको प्रारम्भिक मतपरिणाम : लेखराज र योगेशले अग्रता लिँदा चौथोमा परे विष्णु

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रारम्भिक मतगणनामा जारी छ। अहिले उपमहासचिव पदमा कडा टक्कर देखिएको छ।

एमालेको निर्वाचन आयोगले दिएको जानकारी अनुसार योगेश भट्टराई ४०४ मत, लेखराज भट्ट ४४०, रघुवीर महासेठ ३९३, विष्णु प्रसाद रिमाल ३२५, आनन्द प्रसाद पोखरेल २०४, वैजनाथ चौधरी १५१ मत ल्याएका छन्। यी मध्ये सर्वाधिक मत ल्याउने ३ जनाले जित्नेछन्। हालसम्म उपमहासचिव पदमा पनि ओली समूहकै बर्चस्व छ।

योगेश अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलबाट लडेका हुन् भने लेखराज भट्ट र रघुवीर महासेठ ओली समूहका हुन्। उनीहरू तिनैजना एमालेका निवर्तमान सचिव हुन्। एमालेको मतगणना जारी छ।

प्रकाशित: ३ पुष २०८२ १२:०४ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast