कतिबेला आउँछ एमाले महाधिवेशनको मत परिणाम?

हिमाल प्रेस ३ पुष २०८२ ८:२१ | Thursday, December 18, 2025
18
SHARES
कतिबेला आउँछ एमाले महाधिवेशनको मत परिणाम?

काठमाडौँ- नेकपा एमाले ११औँ राष्ट्रिय महाधिवेशनको मतदान सम्पन्न भएको छ। केही बेरअघि सम्पन्न मतदानको अहिले मुचुल्का उठाउने काम सुरु भएको छ। मतगणना सुरु भएको तीन घण्टामा सम्पूर्ण मतपरिणाम आइसक्ने जानकारी निर्वाचन आयोगले दिएको छ।

कुल मतदाता २ हजार २६३ रहेकोमा २ हजार २२७ मत खसेको थियो । ३६ जना मतदान प्रक्रियामा सहभागी भएका थिएनन्। बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल भिडेका छन्।

प्रकाशित: ३ पुष २०८२ ८:२१ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast