काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनको नेतृत्व चयनको मतदान केहीबेरअघि सकिएको छ। एमालेका प्रतिनिधिहरूले बुधबार बिहान १० बजेदेखि मतदान सुरु भएक पनि एकदमै सुस्त गतिमा अघि बढेको थियो।
पार्टी निकट निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिले मत खसाल्न नै सरदर ४० मिनेट समय खर्चिनु परेको थियो। यही कारण ढिला भएको हो। आयोगका अनुसार ३६ जना प्रतिनिधि मतदानमा नअनुपस्थित भएको छन्। कुल प्रतिनिधि २२६३ मध्ये २२२७ जनाले मात्र मतदान गरेका छन्।
आयोगका अनुसार मतगणना ८ बजेबाट सुरु हुने छ। नेकपा एमालेको ११ औँ महाधिवेशन केहीदिनदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ। नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानल प्रतिस्पर्धामा छ।
प्रकाशित: ३ पुष २०८२ ६:४५
प्रतिक्रिया




