दरबारमार्गको जग्गा हिनामिना प्रकरण : तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता

हिमाल प्रेस २ पुष २०८२ २२:३८ | Wednesday, December 17, 2025
14
SHARES
दरबारमार्गको जग्गा हिनामिना प्रकरण : तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
काठमाडौँ– तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता भएको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा उनीहरू तीनजना र एक कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो।
नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा भाडामा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हो। मुद्दामा तीनजनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ।
प्रकाशित: २ पुष २०८२ २२:३८ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast