सभामुखमा एकीकृत समाजवादीले पनि माग्यो कांग्रेसकी न्यौपानेको पक्षमा मत

हिमाल प्रेस ५ माघ २०७९ १३:५३ | Thursday, January 19, 2023
सभामुखमा एकीकृत समाजवादीले पनि माग्यो कांग्रेसकी न्यौपानेको पक्षमा मत

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली कांग्रेसकी सांसद ईश्वरकीदेवीको पक्षमा मत मागेको छ। बिहीबार प्रतिनिधिसभामा बोल्दै उक्त पार्टीका सांसद राजेन्द्र पाण्डेले विपक्षी गठबन्धनबाट सभामुखको उम्मेदवार बनेकी न्यौपानेको पक्षमा मतदान गर्न आग्रह गरेको हो।

सरकारले सहमति गर्न नचाहेकाले आफूहरूले विपक्षी गठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएकी न्यौपानेलाई मत दिनुपर्ने अवस्थामा पाण्डेको भनाइ छ।

पाण्डेले न्यौपानेको पक्षमा मतदान गर्ने बताएका हुन्। उनले भने, ‘म आज यो आधा आकाशको प्रतिनिधित्व गर्ने ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् र सबै माननीय सदस्यको पनि मत रहोस भन्न चाहान्छु।’

प्रकाशित: ५ माघ २०७९ १३:५३ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast