‘शिरजरा : सङ अफ ग्रान्डमदर’ नामक फिल्म बन्ने

हिमाल प्रेस २ पुष २०८२ ११:१३ | Wednesday, December 17, 2025
22
SHARES
‘शिरजरा : सङ अफ ग्रान्डमदर’ नामक फिल्म बन्ने

काठमाडौँ- ‘शिरजराः सङ अफ ग्रान्डमदर’ नामक फिल्म बन्ने भएको छ। फिल्म नेपाल, अमेरिका र पोल्यान्डकाे संयुक्त निर्माणमा बन्न लागेको हो।

निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्न लागेका हुन्।

फिल्ममा विकास सुवेदीको लेखन तथा निर्देशन रहनेछ। निर्माण टिमले फिल्म मेटा-मोर्डन फिलोसोफिकल ड्रामा जनरामा बन्ने बताएका छन्।

अहिले प्रि-प्रोडक्सनको काम भइरहेको र आगामी माघदेखि फिल्मको छायांकन सुरु गरिने तयारी भइरहेकेको टिमले जनाएको छ।

फिल्ममा सुवास भुसाल (नेपाल) को लगानी रहनेछ। फिल्ममा कलाकार तथा प्राविधिकबारे केही दिनमा सार्वजनिक गरिने निर्माता भुसालले बताए।

प्रकाशित: २ पुष २०८२ ११:१३ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast