काठमाडौँ- नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर सुरु गरेका हुन्।
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । आज ४ बजेसम्ममा मतदान सकिने अनुमान छ। एक व्यक्तिलाई मतदान गर्न ४० मिनेट लाग्छ। एमालेका प्रतिनिधि २४ सय बढी छन्।

प्रकाशित: २ पुष २०८२ ९:४०
प्रतिक्रिया




