काठमाडौँ- सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिने भएको छ।
संसद् बैठकमा बोल्दै जसपाका सांसद प्रकाश अधिकारीले आफ्नो पार्टीले घिमिरेलाई मत दिने जानकारी गराएका हुन्। सरकारलाई समर्थन गरे पनि शक्ति बाँडफाँटमा कुरा नमिलेपछि जसपा सरकारमा गएको छैन।
प्रकाशित: ५ माघ २०७९ १३:३२ | Thursday, January 19, 2023
प्रतिक्रिया





