नेपालले आर्थिक सुधारका काम गरिरहेकाले ढुक्कले लगानी गर्न मिल्छ : अर्थमन्त्री

हिमाल प्रेस २ पुष २०८२ ७:४९ | Wednesday, December 17, 2025
6
SHARES
नेपालले आर्थिक सुधारका काम गरिरहेकाले ढुक्कले लगानी गर्न मिल्छ : अर्थमन्त्री अर्थमन्त्री रामेश्वरप्रसाद खनाल/फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिएका छन्। मंगलबार यहाँ आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमहरू गर्दै आएकाले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा पुँजी परिचालन गर्न आग्रह गरे।

अर्थमन्त्रीले विदेशी लगानी भित्र्याउन नेपालले अनुकूल वातावरण सृजना गरेकाले नेपाल र चीनले आर्थिक सहकार्यका विभिन्न क्षेत्रहरू पहिचान गरी सहकार्य गर्नु अपरिहार्य रहेको बताए।

नेपालका लागि चीनका राजदूत छन सङले चिनियाँ लगानीकर्ताले नेपालमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै लगेको बताए। उनले दुई देशबीचको बहुआयामिक सम्बन्धको चर्चा गर्दै औद्योगिक विकास, ऊर्जा, पूर्वाधार निर्माणलगायत क्षेत्रमा नेपालसँग सहकार्य गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेका बताए। साथै उनले नेपाललाई आफ्नो मुलुकबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २ पुष २०८२ ७:४९ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast