एमाले महाधिवेशन

एमालेमा नयाँ नेतृत्व चयन : आज बिहान ८ बजेदेखि मतदान सुरु हुने

हिमाल प्रेस २ पुष २०८२ ६:३० | Wednesday, December 17, 2025
28
SHARES
एमालेमा नयाँ नेतृत्व चयन : आज बिहान ८ बजेदेखि मतदान सुरु हुने

काठमाडौँ- नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ। मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो ।

मंगलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो ।

निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि मतदान बुधबारका लागि सारिएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।

महासचिव पोखरेलका अनुसार नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लाग्ने भएपछि आयोगको निर्देशनअनुसार मतदान एक दिनका लागि स्थगित गर्नुपरेको उनले स्पष्ट पारे।

नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व (अध्यक्ष) का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन्।

प्रकाशित: २ पुष २०८२ ६:३० | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast