एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य निर्विरोध

हिमाल प्रेस १ पुष २०८२ ६:२८ | Tuesday, December 16, 2025
20
SHARES
एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य निर्विरोध एमाले महाधिवेशनमा सर्वसम्मत केन्द्रीय सदस्यमा निर्वाचित नरेश रोकाय (दायाँ) र सुशील थापा (बायाँ)।

काठमाडौँ- नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार विभिन्न समूहमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।

लुम्बिनी प्रदेशबाट महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन्। प्रदेशबाट महिला केन्द्रीय सदस्यमा तीन जना निर्वाचित हुने व्यवस्था अनुसार तीनै जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भएका हुन्।

यस्तै मधेशी क्लस्टरतर्फ युवामा अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन्।

समावेशी समूहअन्तर्गत मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी, श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन्। पिछडिएको क्षेत्र महिलातर्फ वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे तथा ४० वर्षमुनिको युवा केन्द्रीय सदस्यतर्फ नरेश रोकाया र सुशिलकुमार थापा पनि निर्विरोध निर्वाचित भएका छन्।

पार्टीको अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा राजेन्द्र घिमिरेको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित हुँदा २२ जना सदस्यमा भने ३२ जनाको उम्मेदवारी परेको हो।

लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध भएका छन् । यद्यपि, निर्वाचन आयोगले उनीहरूको औपचारिक घोषणा गर्न भने बाँकी रहेको जनाएको छ ।

प्रकाशित: १ पुष २०८२ ६:२८ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast