एमालेको नेतृत्व चयनका लागि आज मतदान : एकअर्काबीच प्रतिस्पर्धामा ओली-ईश्वर प्यानल

हिमाल प्रेस १ पुष २०८२ ६:२२ | Tuesday, December 16, 2025
12
SHARES
एमालेको नेतृत्व चयनका लागि आज मतदान : एकअर्काबीच प्रतिस्पर्धामा ओली-ईश्वर प्यानल

काठमाडौँ- नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज पुस १ गते मतदान हुँदै छ।

तेस्रोपटक संशोधित निर्वाचन तालिकाअनुसार आज (मंगलबार) दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सोमबार राति ९ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको छ।

जसअनुसार एक अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। अन्य पदाधिकारी तथा सदस्यमा उनीहरूको समूह र स्वतन्त्र रूपमा पनि उम्मेदवारी परेका छन्।

एमालेको पाँच उपाध्यक्ष पदमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट परशुराम मेघी गुरुङ पुथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ डा विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाको उम्मेदवारी परेको छ।

एक महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिभएका छन्। यस्तै तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ। विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा हजारभन्दा बढीको उम्मेदवारी परेको छ।

यसैबीच मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ। एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन्।

प्रकाशित: १ पुष २०८२ ६:२२ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast