डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

हिमाल प्रेस १ पुष २०८२ ६:१८
14
SHARES
डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ- अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २० पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

 

प्रकाशित: १ पुष २०८२ ६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast