मनाइयो कतारको राष्ट्रिय दिवस

हिमाल प्रेस २९ मंसिर २०८२ २०:२२
16
SHARES
मनाइयो कतारको राष्ट्रिय दिवस

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको राष्ट्रिय दिवसका अवसरमा आज (सोमबार) साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।

नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीले आयोजना गरेको उक्त समारोहमा संवैधानिक अंगका प्रमुख, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका कतारी, उद्योगपति, व्यापारी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

समारोहमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अन्सारीले आधुनिक कतार र नेपालबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गरे। उनले नेपालको स्वास्थ्य तथा जीविकोपार्जनका साथै यहाँको वातावरण संरक्षण र जलवायु परिर्वतनका असर घटाउन कतारले सहयोग गर्दै आएको बताए।

कतार च्यारिटीमार्फत नेपालका १० जिल्लामा विकासका विविध कार्यक्रम सञ्चालन भएका जानकारी दिँदै राजदूत अन्सारीले ती कार्यक्रमबाट १५ लाख नेपाली लाभान्वित भएको बताए।

आधुनिक कतारका संस्थापक शेख जसिम बिन मोहमद अल थानीको सम्मानस्वरुप हरेक वर्ष डिसेम्बर १८ मा राष्ट्रिय दिवस मनाइन्छ। यद्यपि विश्वका विभिन्न भागमा अवस्थित कतारी राजदूतावासहरूमा भने यो दिवस स्थानीय अनुकूलताका आधारमा मनाइन्छ।

सन् १९७८ मा बेलायतबाट कतार स्वतन्त्र भएको हो। सन् २००६ सम्म उसले सेप्टेम्बर ३ मा स्वतन्त्रता दिवस मनाउँदै आएको थियो।

प्रकाशित: २९ मंसिर २०८२ २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast