अन्तर्राष्ट्रिय नेपाली फिल्म महोत्सव नयाँ दिल्लीमा हुने

हिमाल प्रेस २९ मंसिर २०८२ १६:०६ | Monday, December 15, 2025
18
SHARES
अन्तर्राष्ट्रिय नेपाली फिल्म महोत्सव नयाँ दिल्लीमा हुने

काठमाडौँ- भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय नेपाली फिल्म महोत्सव (इन्फा) हुने भएको छ। इन्फाले अंग्रेजी वर्ष सन् २०२६ फेब्रुअरी १ देखि ३ तारिखसम्म भारतको नयाँ दिल्लीमा कार्यक्रम आयोजना गरेको बताएको छ। आयोजक संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवको घोषणा गरेको हो।

महोत्सवको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली फिल्मको प्रवर्द्धन गर्नुका साथै सिर्जनात्मक र व्यावसायिक विस्तारका लागि साझा मञ्च सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरु आह्वान गरिएको छ। फिल्म बुझाउने अन्तिम मिति सन् २०२६ जनवरी ७ सम्म तोकिएको छ।

महोत्सवमा उत्कृष्ट फिचर फिल्म, निर्देशन, अभिनय तथा विभिन्न प्राविधिक विधामा अवार्ड वितरण गरिनेछ। यस वर्षको निर्णायक मण्डलको प्रमुख जुरीमा अभिनेता कृष्ण मल्ल रहने छन्।

जूरी सदस्यमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनील थापा, अभिनेत्री विपना थापा तथा भारतका चर्चित थिएटर अभिनेता अभतार साहनी रहेका छन्।

महोत्सवमा हजारौँ दर्शक र फिल्मकर्मी सहभागी हुने अपेक्षा गरिएको महोत्सवका अध्यक्ष राजेन्द्र घिमिरेले बताए।

प्रकाशित: २९ मंसिर २०८२ १६:०६ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast