शिक्षक कर्मचारीलाई स्थानीय भत्ता उपलब्ध गराउन महासंघको ध्यानाकर्षण

हिमाल प्रेस २९ मंसिर २०८२ १५:४८
398
SHARES
शिक्षक कर्मचारीलाई स्थानीय भत्ता उपलब्ध गराउन महासंघको ध्यानाकर्षण

काठमाडौँ- नेपाल शिक्षक महासंघ, सल्यान जिल्ला समितिले शिक्षा विकास तथा समन्वय एकाइ सल्यानलाई स्थानीय भत्ता उपलब्ध गराउन माग पत्र बुझाएको छ।

आ.व. २०८०/०८१ मै नेपाल सरकारको कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसार शिक्षकको तलब, ग्रेड, सञ्चयकोष, चाडपर्व, पोषाक सुविधा, महँगी भत्ता, स्थानीय भत्ता, प्राविधिक भत्ता र प्रधानाध्यापक भत्ता स्पष्ट रूपमा उल्लेख भए पनि हालसम्म स्थानीय भत्ता उपलब्ध छैन।

माग पत्रअनुसार आ.व. २०८२/०८३ मा अपुग भएको सेवा सुविधासम्बन्धी तलबभत्ता यकिन गरी शिक्षक तथा कर्मचारीहरूलाई उपलब्ध गराउन शिर्षक नं. ८ मा स्पष्ट व्यवस्था गरिएको छ।

सोही अनुसार देशका ३९ जिल्लाका सबै तहका स्थायी, अस्थायी/करार शिक्षक, प्राविधिक धार (कक्षा ९–१०) का प्रशिक्षक तथा सहायक प्रशिक्षक, र प्राविधिक धार (कक्षा ११–१२) का प्रशिक्षकले वार्षिक रूपमा १०.५ महिनाको स्थानीय भत्ता पाउने व्यवस्था छ।

शिक्षक महासंघका सचिव शिवलाल भट्टराई र अध्यक्ष लक्ष्मीनारायण के.सी.ले यस आ.व. २०८२/०८३ को पहिलो त्रैमासिकदेखि नै नियमानुसार स्थानीय भत्ता र मासिक तलबभत्ता उपलब्ध गराइदिन शिक्षा विकास तथा समन्वय एकाइलाई अनुरोध गरेका छन्।

प्रकाशित: २९ मंसिर २०८२ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast