प्यानलमा नपरेका राजेन्द्र गौतम उपमहासचिव लड्ने

हिमाल प्रेस २९ मंसिर २०८२ १४:१० | Monday, December 15, 2025
18
SHARES
प्यानलमा नपरेका राजेन्द्र गौतम उपमहासचिव लड्ने

काठमाडौँ- नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा लड्ने तयारी गरेका छन्। एमालेको ११ ‍औँ महाधिवेशनमा नेतृत्वको रस्साकस्सीका बीच उनी स्वतन्त्ररूपमा उपमहासचिव लड्ने तयारी गरेका हुन्। उनले यसअघि नै सचिव पदमा दाबेदारी प्रस्तुत गरेका थिए। तर उनी कुनै प्यानलमा परेनन्।

एमाले महाधिवेशनमा एकातिर केपी शर्मा ओली र अर्कातिर ईश्वर पोखरेल प्यानल बनाएर लडिरहेका छन्। तर उनको नाम कुनै समूहमा छैन। निकट नेताहरूका अनुसार उनी ओली प्यानलमा पर्नेमा सम्भावना थियो। तर उनी परेनन्। ‘हो म उपमहासचिवमा लड्ने हो।’ उनले हिमाल प्रेससँग भने,‘मैले तयारी गरेको छु।’

एमालेको उम्मेदवारी दिने समय बेलुका ६ बजेसम्म छ। अहिले नेताहरू उम्मेदवारी दिने तयारी गरिरहेका छन्। एमालेले नेतृत्वका लागि आगामी पुस १ गते निर्वाचन हुने जनाएको छ। गौतमको नाम अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै प्यालनमा परेको छैन।

प्रकाशित: २९ मंसिर २०८२ १४:१० | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast