आज काठमाडौँ महानगर महानगरपालिकाको ३१ औँ दिवस

हिमाल प्रेस २९ मंसिर २०८२ ७:४५ | Monday, December 15, 2025
14
SHARES
आज काठमाडौँ महानगर महानगरपालिकाको ३१ औँ दिवस

काठमाडौँ- आज काठमाडौँ महानगर महानगरपालिकाको ३१ औँ दिवस। काठमाडौँ महानगरले दिवसका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष कार्यक्रम गर्दैछ।

काठमाडौँ महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेका अनुसार सोमबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा स्थापना दिवसका कार्यक्रम गर्न लागिएको हो।

दिवसका अवसरमा काठमाडौँ महानगरले स्रष्टा सम्मान पनि गर्दैछ। १० जना व्यक्तिलाई सम्मान गर्नुका साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिसमेत राखिएको छ।

काठमाडौँ महानगरले हरेक वर्ष मंसिर २९ गते आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा महानगरपालिकाले आइतबार २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपियाँसहित सम्मानसमेत गरेको छ।

आइतबार राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, समितिका सदस्यहरू, कार्यपालिका अन्तर्गतका समितिका संयोजकहरू उनीहरूलाई सम्मान गरेका हुन्।

 

प्रकाशित: २९ मंसिर २०८२ ७:४५ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast