बजार अनुगमनमा थप सक्रिय बन्दै विभाग

हिमाल प्रेस २९ मंसिर २०८२ ६:४५
6
SHARES
बजार अनुगमनमा थप सक्रिय बन्दै विभाग

काठमाडौँ- बजार अनुगमन तथा निरीक्षणलाई तीव्र पारिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौँका विभिन्न १४ वटा उद्योग तथा फर्मको निरीक्षण गरेको छ । त्यसमध्ये दुई वटालाई कारबाहीको दायरामा ल्याइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

कागेश्वरी मनोहरा–९ महानटारमा रहेको दाहाल गाई फार्मलाई विभागले रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९, १ ‘क’ बमोजिम कारबाही गरिएको विभागले जनाएको हो ।

कागेश्वरी मनोहरा–९ गोठाटारमा रहेको डिएनएस काष्ठ तथा फर्निचर उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले अन्य १२ उद्योग वा फर्मलाई भने तत्काल सुधार गर्नुपर्ने केही राय सुझावसहित निर्देशन दिएको छ ।

विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन देशव्यापी रूपमा स्थानीय प्रशासनसमेतको सहयोगमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको छ । बजारमा स्वच्छता कायम राख्न, बिल बिजक जारी गराउन र कालोबजारी अन्त्यका लागि क्रियाशील भएको विभागले स्पष्ट पारेको छ ।

विभागको पछिल्लो विवरणअनुसार यही मंसिर २६ गते ११ वटा उद्योग र फर्मको अनुगमन गरेको थियो । मंसिर २५ गते २० वटा उद्योग वा फर्ममा अनुगमन गरेको थियो । सो दिन दावा सुज एण्ड फेसन सेन्टरलाई रु ५० हजार जरिवाना तिराएको थियो ।

त्यसैगरी मंसिर २४ गते १३ वटा फर्ममा अनुगमन गरेको थियो । सो दिन चार वटा फर्मलाई रु ५० हजार जरिवाना तिराएको थियो । मंसिर २३ गते १५ वटा फर्ममा अनुगमन गरेको थियो भने मंसिर २२ गते १५ वटा फर्ममा अनुगमन गरी तीन वटा फर्मलाई रु ५० हजार जरिवाना तिराएको थियो । रासस

प्रकाशित: २९ मंसिर २०८२ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast