कुनै नेतालाई मैले सिरानी हालेर हिँड्नुपर्ने अवस्था छैन : गोकुल बास्कोटा

हिमाल प्रेस २८ मंसिर २०८२ २०:२३ | Sunday, December 14, 2025
34
SHARES
कुनै नेतालाई मैले सिरानी हालेर हिँड्नुपर्ने अवस्था छैन : गोकुल बास्कोटा

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएका छन्। आइतबार पत्रकारहरूसँग कुरा गर्दै बास्कोटाले एमाले सबैभन्दा बलियो शक्ति भएर बाहिर निस्कने दाबी गरेका हुन्।

‘एमाले पार्टी छ्वालीको लौरो होइन, यो बलियो स्टिलको लौरो हो, विविधता बिचको एकता नै एमाले हो’, उनले भने। बास्कोटाले वरिष्ठ उपाध्यक्ष पद हटाउने तथा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी तथा पोलिटब्युरो ९९ सदस्यीय र पोलिटब्युरोको एक तिहाइ सङ्ख्यामा स्थायी कमिटी बताउने केन्द्रीय कमिटीको निर्णय सहमतिबाट नै भएको पनि जानकारी दिए। गोदावरीको विधान महाधिवेशन र अहिलेको अवस्थामा केही फेरबदल आएकाले व्यवस्थापनको लागि यस्तो निर्णय गरिएको उनले बताए।

बास्कोटाले आफू केपी ओलीसँग पर नभएको पनि स्पष्ट पारे। ‘उहाँ र म एउटै पाटीमा छौँ, कसरी पर हुन्छु? केपी ओली डुब्दा म पनि डुब्छु, म डुब्दा उहाँलाई पनि असर पर्छ, त्यसैले कुनै नेतालाई मैले सिरानी हालेर हिँड्नु पर्ने अवस्था छैन,’ उनले भने, ‘अधिवेशनको बेलामा ‘आगो बलेको बेलामा धुवाँ आउँछ नि, यसलाई स्वाभाविक रूपमा लिनुपर्छ।’

यस्तै उनले प्रचण्डले भन्दैमा एमालेमा कुनै टुटफुट र विभाजन नहुने बताए।

प्रकाशित: २८ मंसिर २०८२ २०:२३ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast