विधानको व्यवस्था उल्टाउने ओलीको निर्णयलाई पाण्डेले भने- मनपरीतन्त्र विरुद्धको लडाइँ जारी छ

हिमाल प्रेस २८ मंसिर २०८२ १७:२६ | Sunday, December 14, 2025
36
SHARES
विधानको व्यवस्था उल्टाउने ओलीको निर्णयलाई पाण्डेले भने- मनपरीतन्त्र विरुद्धको लडाइँ जारी छ फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विधानको व्यवस्था उल्टाउने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई मनपरीतन्त्र भन्दै त्यसविरुद्ध लडाइँ जारी रहेको बताएका छन्।

ओलीले आइतबार महाधिवेशनको बन्दसत्र सुरु हुनअघि केन्द्रीय कमिटीबाट पदाधिकारी संख्या बढाउने निर्णय गरेका थिए। त्यसप्रति लक्षित गर्दै उपाध्यक्ष पाण्डेले मनपरीतन्त्र भनेका हुन्।

उपाध्यक्ष पाण्डेले फेसबुकमा लेखेका छन्,‘के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने? यो सरासर मनपरी होइन भने के हो?’

ओलीले गरेको निर्णयले विधानको औचित्य समाप्त पारेको पाण्डेको भनाइ छ। ‘अहिले आएर दाँयाबाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ,’ पाण्डेले भनेका छन्, ‘यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ। पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ।’

प्रकाशित: २८ मंसिर २०८२ १७:२६ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast