नवौँ एनभीए भलिबल च्याम्पियनसिप पुस ११ देखि

हिमाल प्रेस २८ मंसिर २०८२ १७:१४ | Sunday, December 14, 2025
4
SHARES
नवौँ एनभीए भलिबल च्याम्पियनसिप पुस ११ देखि

काठमाडौँ- नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि काठमाडौँमा आयोजना हुने भएको छ।

नेपाल भलिबल संघ (एनभीए) ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नवौँ एनभीए च्याम्पियनसिप पुस ११ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगलाको कभर्डशलमा हुने जानकारी दिएको हो।

प्रतियोगीतामा पुरुषतर्फ कम्तीमा १२ र महिलातर्फ कम्तीमा ८ टिमको सहभागिता हुने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

प्रतियोगिताबाट शीर्ष ८ पुरुष र शीर्ष ६ महिला टिम दशौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुने उनले बताए। च्याम्पियनसिपमा भाग लिनका लागि प्रदेश र क्लबलाई आह्वान गरिएको संघले जनाएको छ। अध्यक्ष चन्दले देशभरका खेलाडीहरूलाई प्रोत्साहन र अवसर प्रदान गर्ने गरी सबै क्लबहरूलाई सहभागी गराउने बताए।

प्रतियोगिताको दुवैतर्फको विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार र तेस्रोले १ लाख २५ हजार प्राप्त गर्ने संघले जनाएको छ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले १५–१५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। च्याम्पियनसिप लिग कम नकआउटको आधारमा खेलाइने संघले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०८२ १७:१४ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast