जिल्लास्तरीय विरोध सभा गर्दै जसपा नेपाल

हिमाल प्रेस २७ मंसिर २०८२ ११:०२ | Saturday, December 13, 2025
6
SHARES
जिल्लास्तरीय विरोध सभा गर्दै जसपा नेपाल

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले जिल्लास्तरीय विरोध सभा गर्न लागेको छ। २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरू अघि सार्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले आजदेखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोध सभा, जनसभा गर्न लागेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

यस अघि सार्वजनिक गरेको संघर्षका कार्यक्रमअन्तर्गत आजदेखि सबै जिल्ला समितिहरूलाई जिल्लास्तरीय विरोध सभा तथा जन सभाका कार्यक्रमहरू गरी पार्टीले उठाएका माग र मुद्दालाई जनतासमक्ष पुर्‍याउन मातहत समितिलाई सर्कुलर गरिएको उनले बताए।

पार्टीले पुस १२ गतेदेखि प्रत्येक प्रदेशहरूमा प्रदेश स्तरीय जनप्रदर्शन एवं विरोध सभाको कार्यक्रमको तय गरेको छ।

जसपा नेपालले संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निधारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसद्को व्यवस्थालगायतका माग र मुद्दा उठाउँदै मंसिर १० गतेदेखि संघर्षका कार्यक्रम गर्दै आएको छ।

प्रकाशित: २७ मंसिर २०८२ ११:०२ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast