प्रभात र स्मारिका अभिनीत ‘मुगलान’ को ट्रेलर सार्वजनिक

हिमाल प्रेस २५ मंसिर २०८२ १६:५९ | Thursday, December 11, 2025
20
SHARES
प्रभात र स्मारिका अभिनीत ‘मुगलान’ को ट्रेलर सार्वजनिक

काठमाडौँ- मोडल प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म ‘मुगलान’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य नेपाली युवाको कथा प्रस्तुत गरिएको छ। फिल्मको कथामा २०५२ सालपछिको सरकार र तत्कालीन बिद्रोही पक्ष परिवेश बनाइएको छ।

प्रभात र स्मारिका ढकाल प्रेमी/प्रेमिकाको भूमिकामा छन्। फिल्ममा अन्य कलाकार रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खड्क बहादुर पुन (खबपु), श्री शिवांशु, मोती सुवेदी, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्म आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको छ। फिल्म आगामी पुस १० मा प्रदर्शन हुनेछ। रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता गोमन सिंह हुन्।

यस्ताे छ ट्रेलर

प्रकाशित: २५ मंसिर २०८२ १६:५९ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast